ओछ्यानमा आगो सल्किएर शिशुकाे मृत्यु


सुर्खेत । रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका-६ शान्ति बजारमा आईतवार विहान ओछ्यानमा आगो सल्किएर १९ दिनको शिशु सुनिल रोकाको मृत्यु भएको छ।

बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलिएर घाईते भएकी हुन्।

चुल्हो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चौरजहारीले जनाएकाे छ ।


तपाईको प्रतिक्रिया