पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।
मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
दर्शन खबर । ९ माघ २०७८, आईतवार