प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ भएकाे छ । निर्देशक डा. डम्बर खड्काले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको जानकारी दिए । उनले भने, ‘हाम्रो १३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । आईसीयू बेडहरुमा पनि अभाव नहुने तरिकाले व्यवस्थापन गरिएको छ ।’
खड्काका अनुसार प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका कार्यालय सहयोगी, नर्सिङ, अप्रेसन थिएटरका कर्मचारीमा कोरोना संक्रमण देखिएको उनले बताए । निर्देशक खड्का प्रदेश अस्पतालमा दरबन्दी अनुसार कर्मचारी अभाव भएको बताए ।

तपाईको प्रतिक्रिया