त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले परीक्षामा आवश्यक भौतिक दूरीको पालना, स्यानिटाइजर तथा मास्क प्रयोग भए/नभएको अनुगमन गर्न निर्देशन दिनुभएको हो । परीक्षाको अनुगमनपछि कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता स्थगित गराउन निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन भएको छ । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा रोकेका छैनन् । सङ्क्रमित विद्यार्थीका लागि परीक्षा दिन छुट्टै कक्षाको व्यवस्था गर्न भनिएको छ । गम्भीर सङ्क्रमितलाई परीक्षा पछि दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको त्रिविले जनाएको छ । काठमाणडौ विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया