भेरिगंगामा एकै दिन ३ वटा सिपमुलक तालिमको उद्घाटन


सुर्खेत । भेरिगंगा नगरपालिकामा वडा नम्वर १२ मा एकै दिन ३ वटा सिपमुलक तालिमको उद्घाटन गरिएको छ ।
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बुधवार उद्योग विकास शाखा भेरिगंगाको आयोजनामा १ महिने एड्भान्स सिलाई कटाई तालीम, ७ दिने एड्भान्स गुडिया कुसन निर्माण र १५ दिने बुटिक सम्वन्धी सिप विकास तालिमको उद्घाटन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा उद्योग विकास शाखा भेरिगंगाका शाखा प्रमुख पिताम्वर पौडेलले उद्योग विकास शाखा मार्फत प्रत्येक वर्ष सिपमुलक तालिमहरु आयोजना गरिने भएकाकाले यहाँका महिलाहरुको आयआर्जनमा वृद्धी हुने अपेक्षा उद्योग शाखाले लिएको बताउनुभयो ।
वडा नम्वर १२ का २५ जना महिलाहरुका लागी आयोजना गरिएको तालिममा बोल्दै भेरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय ,अधिकृत जगत बस्नेतले
महिलाहरु आफै आत्मनिर्भर बन्न र समुदाय स्तरमा रोजगारी सृजना गर्नका लागी तालिमको आयोजना गरिएको बताउनुभयो ।
यस्तै भेरिगंगा नगरपालिका उपप्रमुख रेणु आचार्य (ढकाले) ले तालिममा सिकेका कुरालाई व्यावहारमा प्रयोग गरी स्वरोजगार बन्न सहभागिहरुलाई सुझाव दिनुभयो । नगपालिकाले हरेक वर्ष महिलाहरुका लागी सिपमुलक तालिम संचालन गर्दै आईरुहेको बताउँदै उपप्रमुख ढकालले तालिमबाट सिकेको सिपलाई अधिक्तम रुपमा प्रयोग गरी व्यावसायीक बन्न अनुरोध गर्नुभयो । तालिम पस्चात स्थानिय स्तरमै उत्पादन भएका सामाग्रीहरुको बजारीकरण नगरपालिकाले गरिदिनृ उहाँले बताउनुभयो ।
नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले यस्ता तालिमहरुमा पुरुषहरुलाई पनी सहभागी गराउनु पर्ने उल्ल्ेख गर्दै सिकेको सिप व्यावहारमा पनी अनिवार्य लागु गर्न तालिममा सहभागिहरुलाई सुझाव दिनुभयो ।
भेरिगंगा नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष हरी प्रशाद कंडेलले यो तालिम महिलाहरुको आय आर्जनमा वृद्धी गर्नका लागी आयोजना गरिएको बताउँदै शक्रीय रुपमा तालिममा सहभागिता जनाउन सहभागिहरुलाई अनुरोध गर्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया