फुटबलको बन्द प्रशिक्षणमा सहभागी ७ खेलाडीमा कोरोना संक्रमण

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुलाई कोरोना संक्रमण भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडी बोलाएका थिए ।

ए डिभिजन लिग खेलिरहेका खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको पीसीआर परिक्षण गर्दा ७ जना खेलाडीमा कोरोना पुष्टि भएको जनाइएको छ ।

बन्द प्रशिक्षण आजदेखि शुरु भएको हो । नेपालले माघ १५ र १८ गते अफ्रिकी देश मौरिसससँग २ वटा मैत्रीपूर्ण खेलका लागि अभ्यास गरेको हो ।

खेलाडीसँग अफिसियलहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको बताए पनि नाम भने कसैको पनि सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया