पर्यटनमन्त्री आलेलाई कोरोना सङ्क्रमण

काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आज बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँकाे सचिवालयले जनाएकाे हाे।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र हाेम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो।

आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले केही दिनयता मन्त्री तथा स्वकीय सचिवसँग सम्पर्कमा आएका सबै नागरिकलाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया