देशवासीको नाममा सम्बोधन गर्दै प्रधामन्त्री देउवा

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ। सरकारको नेतृत्व गरेको ६ महिना पुरा भएको अवसरमा देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ ।

देउवाले छिटै अहिलेसम्म गरेका कामकारबाहीका विषय र आगामी कार्ययोजनासहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेको सरकारका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार अर्काे हप्ता प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएकाे छ ।


तपाईको प्रतिक्रिया