
सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनबाट हेमन्त चुनाराको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्य समिती चयन गरिएको छ । जसको उपाध्यक्षमा उत्तम अधिकारी, महिला उपाध्यक्षमा सिता कंडेल, सचिव धर्मराज पौडेल, सह सचिव शुसिला शर्मा र कोषाध्यक्षमा दिनेश खड्का गरी २१ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको जिल्ला कमिटी सदस्य टोपेन्द्र विसिले जानकारी दिनुभयो । सदस्यहरुमा प्रकाश कुमार चन्द, प्रखाल गिरी, खड्क बहादुर शाही, गुरुप्रशाद अधिकारी, खेमराज वली, यामलाल गिरी, डिनायट घर्ती, टोपेन्द्र बिसि, मदन नेपाली, निर्मला भुषाल, निलम बुढाथोकी, कल्पना पौडेल, राजेन्द्र कुमारी थापा, सुनिता ढकाल र गिता ढकाल रहनु भएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधीहरुमा डोर प्रशाद उपाध्याय, केशर बहादुर डाङ्गी, लाल बहादुर खत्री, लक्ष्मी लामिछाने, नवराज शर्मा, अम्मर राना, सिता बिसी र कृष्ण बिसी रहनु भएको जिल्ला कमिटी सदस्य टोपेन्द्र बिसीले जानकारी दिनुभयो ।


दर्शन खबर । १ माघ २०७८, शनिबार