
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज)को महाधिवेशन सरेको छ। माघ ७ गते चितवनको सौराहमा गर्ने तय भएको महाधिवेशन एक महिना पछि सारिएको फोनिजका महासचिव मनोज घर्तिले जानकारी दिए।
बिहीबार साँझ बसेको फोनिज संघीय समितिको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको आदेश पालना गर्दै महाधिवेशनको मिति सार्ने निर्णय गरिएको घर्तीले बताए।
कोरोना संक्रमणमा कमी आएमा आगामी फागुन ७ गते महाधिवेशन गर्ने फोनिजले जनाएको छ।


दर्शन खबर । ३० पुष २०७८, शुक्रबार