गाउँपालिकाको सहयोगमा खानेपानीको धारा निर्माण

डोल्पा । डोल्पाको काइके गाउँपालिका ७ को बन्टाँडा र उरुटोल गाउँमा खानेपानीको धारा निर्माण गरिएको छ ।
गाउँपालिकाको १४ लाख आर्थिक सहयोगमा गाउँमै दुईवटा धारा निर्माण गरेपछि स्थानीयमा खुशी छाएको छ ।
धारा निर्माण भएसँगै आधा घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता हट्नुकासाथै कुवाको दुषित पानी पिउनुपर्ने अवस्था हटेको स्थानीय गजबहादुर बुढाले बताए । ’यस अघि स्वच्छ खानेपानीको अभावमा कुवाको दुषित पानी पिउने गथ्र्यौ, अहिले गाउँमै धारा निर्माण गरेपछि स्वच्छ खानेपानी पिउन पाएका छौँ’ उनले भने ।
’दुषित पानीका कारण पटक पटक रुघाखोकी, झाडापखाला, आउजस्ता रोगहरुले गाउँले थलिने गरेका थिए, वडा अध्यक्ष रामचन्द्र रोकायले भने, धारा निर्माण भएपछि ७० घरधुरीलो स्वच्छ खानेपानी पिउन पाएका छन् ।’
गाउँमा खानेपानीको समस्यालाई प्राथामिकतामा राखेर गाउँपालिकाले दुइवटा धारा निर्माण गरेको उनले बताए ।
नयाँपत्रीकाबाट


तपाईको प्रतिक्रिया