
सुर्खेत । पुल निर्माण कार्य सुचारु गर्न माग गर्दै बराहताल गाउँपालिकाका सथानियले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बराहताल गाउँपालिका वडा नम्वर १ र २ मा पर्ने तेलपानी भुरीगाउँ सडकखण्ड अन्र्तगत रानीघाट भेरी नदिमा निर्माणधिन पक्की पुल अलपत्र भएको भन्दै विभिन्न राजनितिकदलहरुको अगुवाईमा जिल्ला प्रशासन कार्यालय लगाएत सडक डिभिजन कार्यालय सुर्खेतमा उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ममुख्यमन्त्रीको जिवन बहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई ज्ञापनपत्र भाेली वीहिवार ज्ञापन पत्र बुझाउने तयारी रहेकाे नेकपा माओवादी केन्द्र बराहताल गाउँपालिकाका अध्यक्ष बिबश कठाएतले जानकारी दिनुभयाे । २०६८- ०६९ सालमा निर्माण काय सुरु भएको पक्की पुल १० वर्ष देखी अलपत्र पर्दा बराहताल गाउँपालिका वडा नम्वर १ र २ का नागरिकहरुलाई दैनीक रुपमा आवतजावत, विकास निर्माणका सामाग्री ढुवानी गर्न समस्या भएको र जनताको जनजिबिकामा प्रत्यक्ष रुपमा असर परेको स्थानिय तिकल थापाले बताउनुभयो ।
पुल निर्माण नहुँदा गर्भैवती महिला, विरामीहरुलाई डोकोमा बोबक्न बाध्य भएको भन्दै दैनीक जिवनमा आवश्यक सामाग्रहरु ओसारपोसामा समस्या भएको नेकपा एकीकृत समाजवादी पार्टी बराहताल गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको रणनैतिक महत्व बोकेको यस कर्णाली र लुम्वीनी प्रदेशलाई जोड्ने यस योजनाको निर्माण कार्य ढिलाई हुदाँ स्थानिय समुदायको गम्भीर ध्यानाकर्षण भएको उनीहरुलाई पेश गरेको ज्ञापन पत्रमा उल्ल्ेख गरिएको छ ।
११ वर्ष सम्म पनी तेलपानी भुरिगाउँ सडक र रानीघाटको पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय सुर्खेतले कुनौ पनी चासो नदिएको गुनासो गर्दै तत्काल पुल निर्माण कार्य सुरु नभए आन्दोलनमा जाने स्थानियले चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पुल निर्माण कार्य सुरु गर्न पहल कदमी गर्ने बताउनुभयो । आफुहरको माग पुरा नभए माघ २८ गते शान्ती पुर्वक धर्ना दिने र फागुन २८ गते कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यातायात, संघ संस्था तथा शैक्षीक संस्थाहरु बन्द गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
२०६८-०६९ सालमा पप्पु मल्ल जेभी कन्ट्रक्सन प्रालीले निर्माको जिल्मा लिएको थियो । पुलको डिजाईन फेल भएको भन्दै विगत ११ वर्षदेखी रानीघाट पुल निर्माण कार्य रोकिएको छ ।


दर्शन खबर । २८ पुष २०७८, बुधबार