
काठमाण्डौँ । कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको १८ बुँदे आदेश गएराति १२ बजेदेखि लागू भएको छ । आदेशानुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ । २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न नपाइने आदेशमा उल्लेख छ ।
सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन । मंगलबार काठमाडौँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले १८ बुँदे आदेश जारी गरेको थियो ।


दर्शन खबर । २८ पुष २०७८, बुधबार