दाङ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
बस दुर्घटनामा भारतको मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमको ज्यान गएको हो ।
आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका –५ सिसहनियाँमा रहेको दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई लमही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बसमा २० जना यात्रु रहेका थिए । बस अनियन्त्रित भएर २० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


दर्शन खबर । २६ पुष २०७८, सोमबार