माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई कोरोना संक्रमण भएको छ। नेता नारायाणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्यायलगायतलाई कारोना संक्रमण भएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
प्रचण्डलाई स्वास्थ्यमा केही समस्या भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको हो। शुक्रबार बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सचिवालयकी गंगा दाहालले जानकारी दिइन्। प्रचण्ड अहिले आफ्नै निवासमा आराम गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

नेता श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएको भन्दै आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। यस्तै‚ अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, युवा नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेलगायतलाई पनि संक्रमण भएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण
केही दिनअघि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका केही कर्मचारी र क्यान्टिन सञ्चालकलाई कोरोना पुष्टि भएको थियो।


तपाईको प्रतिक्रिया