
चन्द्र शाही । सिम्ता । नेपाल सरकारका सहरी विकास मन्त्री रामकुमारी झाक्रि शुक्रवार सिम्ता-४ पटाउके कालिखाेलामा बस्दै आएका राउटे बस्तीमा पुग्नु भएको छ । मन्त्री झाक्रीले सामाजिक संजालमा भाइरल राउटे युवती संग मीत लगाउन र माया प्रीम साट्न राउते बस्तिमा पुग्नु भएको हो ।
मन्त्री झाक्रिले राउटेलाई नेपाली समाजमा सामाहित गर्ने र आफन्तको नाता जाेडेर सम्बन्ध कायम गर्ने उदेश्यले राउटे युवतीहरु सम्झना र काजलु संग मीत लगाएर माया प्रेम साटासाट गर्नुभएको छ।

नेकपा एकीकृत समाजबादीका उपमहासचिब तथा पुर्व मन्त्री प्रकाश ज्वालाले आफुले पनि लगाएकाे टाेपि साटेर मीत लगाउनु भएको छ । राउटे बस्तीमा पुगेको मन्त्री सहितको टालिले राउटेलाइ कम्मल र त्रिपाल समेत हस्तान्तरण गरेको थियो।
सहरी बिकास मन्त्री झाक्रीले राउटेकाे सुरक्षाका लागि स्वास्थ,शिक्षा र आवासकाे काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पहिलो चरणमा राउटे बसाइँ सरि जहा जान्छन त्यहीँ काठ, ढुङ्गा र खरकाे सुरक्षित आवास निर्माण गर्ने राउटेका मुखिया संग सम्झौता समेत भएको छ।

मन्त्री झाक्रिले राउटेलाई नेपाली समाजमा सामाहित गर्ने र आफ्न्तकाे नाता जाेडेर सम्बन्ध कायम गर्ने उदेश्यले सामाजिक सञ्जालमा भाइरल भएकि सम्झना र काजलु संग मीत लगाएर माया प्रेम साटासाट गरेको बताउनु भएको छ ।



दर्शन खबर । २३ पुष २०७८, शुक्रबार