जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सुर्खेत । चौकुने गाउँपालिका वडा नं. ९ मा रहेका जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, अपांगलाई न्यानो कपडा वितरण गरिएकाे छ । वडाका सबैभन्दा जेष्ठ नागरिक ९० वर्षीय भागसरा रावतलाई न्यानो कपडा हस्तान्तरण गर्दै वडा अध्यक्ष नवराज जैशीले जेष्ठ नागरिकको सम्मान हुन सकेमात्र समाजका सबै वर्गको सम्मान हुने बताए ।

उनले समाजका हरेक वर्ग र क्षेत्रको विकास गरेर मात्र समाजकाे विकास हुनसक्ने बताए । कार्यक्रममा स्याक नेपाल सुआहारा कार्यक्रमका गणेश बिकलगायतका सामाजिक कार्यकर्ताहरुको उपस्थितिमा करिब दुईसय जनालाई न्यानो कपडा वितरण गरिएको वडा सचिव मिनबहादुर भण्डारीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया