एमालेको ७७ वटै जिल्ला अधिवेशन आज


काठमाडौँ । नेमपा एमालेको ७७ वटै जिल्लाहरमा आज एकै साथ जिल्ला अधिवेशन सुरु हुने भएको छ ।
एमालेका अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको एमालले जनाएको छ ।
ओलीले आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केनद्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ आज उद्घाटन हुन लागेको हो ।


तपाईको प्रतिक्रिया