सानो भयो १६ लाख वढीमा बनेको यातायातको लिखित परिक्षा भवन ।।

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले लिने लाइसेन्स लिखितपरिक्षाको लागि वनाइएको भवन प्रयोग विहिन भएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले सवारिचालक अनुमति पत्र (लाईसेन्स )को लिखित परिक्षा संचालनका लागी १९ लाख ६७ हजार ९ सय १५ रुपैया विनियोजन गरि निर्माण गरेको प्रिफाईव भवन प्रयोग विहिन भएका हो ।
कार्यालयबाट लाइसेन्स सेवा सुरुगरे संगै लिखित परिक्षालिन समस्या भएकाले मन्त्रालय संग भवन निर्माण गरिदिन अनुरोध गर्याै तर बनेको भवान परिक्षा लिन धेरै सानो भएकाले परिक्षा लिन सम्भव नभएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका निमित्त प्रमुख आनन्द चपाईले बताउनु भयो ।
चपाईका अनुसार अहिलेपनि परिक्षार्थी लाई बाहिर चौरमा राखेर परिक्षा लिइरहेको र हाल उक्त भवन सवारि कम्पनीका कर्मचारीहरुले प्रयोग गर्ने गरेका छन् ।
प्रकाश निमाण सेवा ले १७ लाख ५२ हजार रुपैयामा सम्पन्न गर्नेगरि सम्झौता भएको भवनमा १६ लाख १३ हजार २ सय ६६ रुपैया खर्च भएको पुर्वाधार कार्यालय सुर्खेतका सव इन्जिनियर राम चन्द्र वि.सी. ले जानकारी दिनुभयो ।
भवन सानो भए संगै यतिसानो २७ थान युपिभिसि पाता २ थान ढोका सेट ६ थान झ्याल सेट प्रयोग भएको भवन कसरि १६ लाख १३ हजार खर्च भयो भन्दै दिनहुजसो सेवाग्राहिहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।


तपाईको प्रतिक्रिया