
सुर्खेत । कर्णाली प्रदेशले आउदो माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले उम्मेदवार टुंग्याएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका संविधानसभा सदस्य नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।
तीन दलीय गठबनधन भएपछि तीनै जनाको जीत निश्चितजस्तै छ । किनभने प्रदेश नम्बर १ बाहेक बाँकी सबै प्रदेशमा सत्ता गठबन्धनको मतभार बलियो छ । कर्णालीका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले हिजै उम्मेदवार तय गरिसकेको छ ।


दर्शन खबर । २० पुष २०७८, मंगलवार