नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना सबै भारतबाट आएका व्यक्ति हुन् ।

भारतबाट आएका तीन सय सात जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । नौ जनामा सात जना पुरुष र दुई जना महिला छन् ।

भारतको हरिद्वारबाट आएका कालिकोटका चार जना, दिल्लीबाट आएका दाङका तीन जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका दुई जनामा कोरोना पुष्टि भएको हो । ल्याब टेक्निसियन ज्ञवालीले साउन यता एकै दिन यतिका धेरै मानिसमा कोरोना देखिएको पहिलो पटक भएको बताए।


तपाईको प्रतिक्रिया