राष्ट्रियसभा निर्वाचनका लागी कांग्रेसले टुंगो लगायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवारको नामावली टुंगो लगाएको हो ।
कांग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समते आहवान गरेको छ ।


तपाईको प्रतिक्रिया