
सुर्खेत । राष्ट्रिय सहकारी बैंकको एकाई साधारण सभा सुर्खेतमा हुने भएको छ । आज हुने साधारण सभामा कणरली प्रदेशभरका ६ सय सहकारीका प्रतिनिधि सहभागी हुनेछन् ।
गत कात्र्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निणर्यानुसार सातवटै प्रदेशमा सभाको आयोजना हुनेछ । सबै प्रदेशमा साधारण सभा सम्पन्नगरि केन्द्रमा हुने साधारण सभामा सहभागी हुनका लागि प्रतिनिधी समेत छनौट गरिने राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप गुरागाँइले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभर १४ हजार बढि सहकारीहरुलाई आवद्ध गराई ६८ वटा शाखाबाट राष्ट्रिय सहकारी बैंकले सेवा दिइरहेको छ । गुरागाँइले बैंकको केन्द्रीयसभा पौष ३० गते गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
यसअघिका वर्षहरुमा केन्द्रिय सभा मात्रै गर्ने गरिएपनि यसपटकदेखि सबै प्रदेशमा सभा गरि केन्द्रीय प्रतिनिधि छनौट गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
२०६० सालमा सहकारी मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उकास्ने उदेश्यले दर्ता भएको राष्ट्रिय सहकारी बैंकले १८ औं साधारणसभा गर्न लागेको गुरागाँइले जानकारी दिनुभयो ।


दर्शन खबर । १८ पुष २०७८, आईतवार