एपीएफ र आर्मीले १–१ गाेलकाे बराबरीमा

काठमाण्डाै । ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा सशस्त्रकाे एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे भएकाे खेलमा एपीएफ र आर्मीले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।

खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । खेलकाे ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीकाे त्याे अग्रता धेरै बेर टिक्न सकेन । खेलकाे ६७ औँ मिनेटमा एपीएफका विकी तामाङले गाेल गर्दै खेल बराबरीमा ल्याए ।

आज बराबरी सकिएकाे खेलमा दुवै टाेलीले एक–एक अङ्क पाएका छन् । याेसँगै आर्मी सात खेलमा ११ अङ्कसहित तालिकाकाे चाेथाै स्थानमा रहेकाे छ । उति नै खेल खेलेकाे एपीएफ ६ अङ्कसहित ११ औँ स्थानमा उक्लिएकाे छ ।

आजै अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् ।

तपाईको प्रतिक्रिया