
नेपालगञ्ज । बाँकेमा कोठामा बालिएको आगो ताप्ने क्रममा तीन महिनाको शिशु सहित ४ जनाको मृत्यु भएको छ ।
छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको हो । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।
धर्मकी पत्नी सुशीला भट्टराई तथा छोराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ ।


दर्शन खबर । १५ पुष २०७८, बिहीबार