सुर्खेत । अनेरास्ववियु सुर्खेत जिल्लाको २१ औं जिल्ला सम्मेलन यही पौष १९ र २० गते हुने भएको छ । “ निशुल्क, अनिवार्य र प्राबिधिक शिक्षामा सबैको समान पहुँच हाम्रो अभियान शुखी नेपाली र समृद्ध नेपाल निर्माणको लागी अनेरास्ववियु सुर्खेतको ऐतिहासिक २१ औं जिल्ला सम्मेलन“ भन्ने मुल नाराका साथ वीरेन्द्रनगर सुर्खेतमा हुने आयोजक कमिटीले जनाएको छ ।
आयोजक कमिटीको दोस्रो बैठकले सम्मेलन सम्पन्न गर्नको लागी विभिन्न उप-समितिहरुको जिम्मेवारी बाडपाँड गरेको छ ।
जस अन्र्तगत राजनीतिक तथा संगठनिक प्रतिबेदन लेखन योजक गणेश बहादुर शाही, सदस्य आशिष रेग्मी, मन्च ब्यबस्थापन र यातायात सयोजक दिपक तिवारी, अथिती सत्कार संयोजक आशिष रेग्मी, प्रचारप्रसार सयोजक निर्मल खराल, खाद्य तथा आवश ब्यबस्थापन संयोजक ललित बहादुर खत्री, आर्थिक ब्यबस्थापन, सयोजक क. केशव सावद, प्रतिनिधि ब्यबस्थापन, सयोजक आशिष आचार्य, स्वयंसेवक परिचालन, सयोजक भवानी ढकाल लगाएतको समिति निर्माण गरिएको अनेरास्ववियु सुर्खेत जिल्ला कमिटी सचिवालय सदस्य ललित बहादुर खत्रीले जानकारी दिए । साथै २१ औँ जिल्ला सम्मेलनबाट उत्कृष्ट,सिर्जनशिल एवम् बैचारिक नेतृत्व ल्याउने गरि जिल्ला सम्मेलन सम्पन्न गर्ने लागेको समेत सचिवालय सदस्य ललित बहादुर खत्रीले जानकारी दिए ।


दर्शन खबर । १४ पुष २०७८, बुधबार