
सुर्खेत । नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनै पनी हालतमा पास हुन नदिने बताएका छन् । मंगलबार जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले नेपालमा एमसिसि लागु हुन नदिनका लागी जनदवावलाई निरन्तरता दिई असफल बनाउन आफुहरुले अभियाननै चालेको बताए ।
एमसिसि राष्ट्रघातीनै भएको उल्लेख गर्दै प्रबक्ता प्रकाण्डले शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका छन् ।
एमसीसी लागु भएमा नेपालको राष्ट्रियतामा ईतिहासकै सर्वाधिक अमेरिकी हस्तक्षेप हुने राजनीतिक र सैन्य बल प्रयोग गरी नेपाललाई कब्जा गर्नेे दाउमा अमेरिका रहेको उनले टिप्पणी गरे ।
नेपाल हाल संकटग्रस्त अवस्थामा रहेको र नागरिकहरुमा ठूलो निराशा छाएको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले देशको नेतृत्व चलाउने सञ्चालकहरु जनताप्रति उत्तरदायी नहुँदा समस्या विकराल बनेको बताए ।
विषेशगरी विद्यमान राज्य व्यवस्था, सत्ता र सञ्चालकका कारणले देश अस्तव्यस्त बनेको आरोप लगाउँदै, देशको उन्नति र प्रगतिका लागि व्यवस्था बदल्न जरुरी रहेको र त्यसको अन्तिम विकल्प जनमत संग्रह भएको प्रवक्ता प्रकाण्डकोे टिप्पणि रहेको छ । प्रकाण्डले भोली १४ गते जिल्लाका विशेष भेला गरीे ईन्चार्ज , ब्युरो, तथा जिल्ला सदस्यहरुलाई राजनैतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


दर्शन खबर । १३ पुष २०७८, मंगलवार