राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल लेकवेशीको अध्यक्षमा नेपाली


लेकवेशी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल लेकवेशी नगरपालिका स्तरीय प्रथम अधिबेशन सम्पन्न भएको छ । सोमबार भएको अधिवेशनले लाल बहादुर नेपाली को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती र ३ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । जसको उपाध्यक्षमा, दिलमाया जि.सि., सचिब खुमराज भण्डारी, कोषाध्यक्ष बिनोद बि.क. सदस्यहरु खुम कुमारी शर्मा, रितु बाँठा, सिमन हिस्की, धनराज आचार्य, रेश्मन थापा, लिला रिजाल र रुपकली शार्की गरी ११ सदस्यीय कार्यसमिती गठन गरीएको महेश गिरीले जानकारी दिए ।
नगर स्वास्थ साखा .महेश गिरिको अध्यक्षतामा कार्यक्रममा भएको कार्यक्रममा, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सचिवालय सदस्य टिकाराम सोमैको प्रमुख आतिथ्यता तथा राष्ट्रिय स्वास्थ कर्मी संघ नेपाल का केन्द्रिय सदस्य ,तुल्सी अधिकारी र जिल्ला अध्यक्ष अम्मर राना ,तथा पेशागत माहासंघ सुर्खेतका अध्यक्ष केशर डाङ्गी ,निजामती कर्मचारी संगठन लेकबेशीका अध्यक्ष डिलाराम चपाइँ ,लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया