संसारमा पहिले के आयो, कुखुरा  कि अण्डा ?

काठमाडौँ । कुखुरा वा अण्डा संसारमा पहिलो हो कि भन्ने प्रश्नको जवाफ वैज्ञानिकहरूले वर्षौंदेखि खोजिरहेका थिए। अब बेलायती वैज्ञानिकहरूले यसको जवाफ फेला पारेका छन्। बेलायती वैज्ञानिकहरुका अनुसार कुखुरा संसारमा पहिलो पटक आएको हो ।

बेलायतको युनिभर्सिटी अफ शेफिल्ड र वारविकका अनुसन्धानकर्ताहरूले यस विषयमा अध्ययन गरेका थिए । अध्ययनका लेखक डा. कोलिन फ्रिम्यान भन्छन् कि संसारभरका वैज्ञानिकहरू वर्षौंदेखि कुखुरा पहिलो आयो कि अण्डा भन्ने प्रश्नको जवाफ खोजिरहेका थिए।

फ्रीम्यानले अध्ययनको क्रममा धेरै वर्षसम्म यसको जवाफ फेला नपरेको बताए। अब यो प्रमाणित भएको छ कि कुखुरा पहिले आएको थियो। अन्वेषकहरूका अनुसार अण्डा बनाउनको लागि ओभोक्लाडिन नामक प्रोटिन आवश्यक हुन्छ।

यो प्रोटिन अण्डा उत्पादन गर्न आवश्यक छ। यो विशेष प्रकारको प्रोटिन गर्भावस्थामा कुखुराको पाठेघरमा बनाइन्छ। यसबाट अण्डा नभई कुखुरा पहिला आयो भन्ने प्रष्ट हुन्छ ।रासस


तपाईको प्रतिक्रिया