थप २ सय ७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २७१ जनामा संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८८६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २५१ र एन्टिजेनबाट २० जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै सोमबार थप २२५ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । यस्तै आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

हाल कोरोना सक्रिय सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया