बड्डीचौर खानेपानी संस्था र नगर विकास कोषबीच सम्झौता


सुर्खेत । बराहताल गाउँपालिकाको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । संस्था र नगर विकास कोष बीच ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँको ऋण सम्झौता भएको हो ।
बड्डीचौर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तर्फबाट अध्यक्ष अर्जुन कुमार बुचा मगर र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ लागत मध्ये ७० प्रतिशत अर्थात ११ करोड १५ लाख ६१ हजार ८ सय रुपैयाँ नेपाल सरकारले अनुदान स्वरुप प्रदान गर्नेछ भने आयोजनाको १० प्रतिशत अर्थात १ करोड ५९ लाख ४ सय रुपैयाँ उपभोक्ताले आफै व्यहोर्नु पर्नेछ ।
सह-लगानीबाट निर्माण हुने आयोजनाबाट करिव १२ सय घरधुरी खोनेपानीको पहुँचमा पुग्नेछन् । आयोजनाबाट बराहताल गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ का थप १२ सय बढी घरपरिवार लाभान्वित हुने अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार छुट्टा छुट्टै तीन वटा मुहानको पानी संकलन गरी हाल संचालन भएअनुसार नै प्रशोधन गरी उपभोक्तालाई पानी वितरण गरिनेछ ।


तपाईको प्रतिक्रिया