सुर्खेतमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु


सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता बिहीबार बाट सुरु भएको छ ।
“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “ भन्ने नाराका साथ प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको हो । कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगर सुर्खेतको आयोजनामा भएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जुम्लाका गरी ३ सय जना खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्धघाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सबैले अपेक्षा गरेको प्रदेश रंगशालाको निर्माणको काम तिव्र गतिमा अघि बढेको बताएका बताउनु भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा १ अर्व ७० करोड लागतमा रंगशाला निर्माणको काम अघि बढेको बताउनु भएको हो ।


तपाईको प्रतिक्रिया