गैर सरकारी संस्था महासंघ कर्णालीकाे इन्चार्जमा केसी

सुर्खेत । गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्जमा घनश्याक केसी निर्वाचित भएबा छन् ।
गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारण सभा बाट गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष समेत रहेका घनश्याम केसी सर्व सहमत रुपमा निर्वाचित भएका छन ।
सिम्ता गाउँपलिका वडा नम्वर २ काफलकोट स्थायी घर भएका केसी लामो समयदेखी सामाजिक अभियानको क्षेत्रमा काम गर्दै आईरहेका छन् ।
केसी बिगत लामो समय देखि सुशासन ,मानव अधिकारजस्ता कार्यक्रम सञ्चालन गदै आएका केसि विभिन्न क्रियाशिल संघ संगठनमा समेत आवद्ध रहेका छन् ।
४७ सदस्य केन्द्रीय कमिटिमा अध्यक्ष राम प्रसाद सुवेदी , बरीष्ट उपाध्यक्षमा धुर्ब देब ,उपाध्यक्ष भिम शर्मा,उपाध्यक्ष भावना भट्ट ,महासचिव अर्जुन भट्टराई लगाएत रहेका छन् ।


तपाईको प्रतिक्रिया