जुम्लामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको राष्ट्रपति भण्डारीबाट शुभारम्भ

सुर्खेत । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी छन् । ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमी भवनको शिलान्यास पनि राष्ट्रपति भण्डारीले गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताइन् । उनले, रोग र भोकको उपनाम पाएको कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको भन्दै देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विशेषज्ञ सेवासहितको उपचार र अनुसन्धान सुरु भएकोले अब जटिल रोगको उपचार जुम्लामै सम्भव भएको बताइन ।

राष्ट्रपतिले प्रतिष्ठान स्थापनामा पहल गर्ने र जग्गादातालाइ सम्मान समेत गरिकी छन् । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएसका लागि २० वटा कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् । बि फर्मामा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, एमबिबिएसतर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया