
सुर्खेत । दैलेखका डिलबहादुर भण्डारीको अध्यक्षतामा साझा सञ्चार नेपालको शाखा सञ्चार सञ्जाल कणर्ाली प्रदेश गठन गरीएको छ ।
साझा सञ्चार नेपालका अध्यक्ष कृष्णा शर्माको अध्यक्षतामा आज कर्णाली प्रदेशको राजधानि सुर्खेतमा बसेको बैठकले भण्डारीको अध्यक्षतामा २६ सदस्यिय कमिटि गठन गरिएको हो ।
उपाध्यक्ष सुर्खेतका अमित रोकाए र बालकुमारी खड्का, कोषाध्यक्षमा भविसरा खड्का अछाम,सचिव स्वदेश केसी कालिकोट सह सचिवमा यामलाल लामिछाने सुर्खेत सहित २६ सदस्यिय कमिटि गठन गरिएको सोहि कमिटिका सदस्य युवराज पौडेलले जानकारी दिनु भएको छ ।
सोहि कार्यक्रममा सहभागी हुँदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटि कोषाध्यक्ष साथै प्रदेश एफ.एमका स्टेसन म्यानेजर साथै नयाँ नेपाल दैनिकका प्रदान सम्पादक गणेशकञ्चन भारती, साथै प्रदेश सभा सचिवालय कार्यलयमा कार्यरत शाखा अधिकृत मदन खडका र रेडियो सुर्खेत स्टेसन म्यानेजर खेमराज पौडेल लगायतका प्रशिक्षकहरुले पत्रकारिता क्षेत्रमा भइरहेका गतिविधिहरु र यसले मानव जिबनमा पारिरहेको प्रभाव का बारेमा जनकारी दिनुभएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ कणर्ाली प्रदेश कमिटी उपाध्यक्ष चक्र केसीले पत्रकारिता पेसामा लागेपछि यसलाई निरन्तरता दिन तथा समाजमा भइरहेका बिकृति बिसङ्गतिको निर्मूल पार्नको लागि यस सञ्जालले सहयोग पुर्याउनेमा बिश्वास ब्यक्त गनुृभएको छ ।
समाजमा घटिरहेका घटनाहरूको सत्यतथ्य खोज अनुसन्धान गरि त्यसलाई समाचारका रुपमा कसरी प्रस्तुत गर्ने लगायत पत्रकार पेसामा कसरी जिवन्त लागी पर्ने र पत्रकार पत्रकारिता पेसामा संलग्न भइसकेपछि उसको जिम्मेवार के हुन्छ लगायतका बिषयमा छलफ समेत भएको थियो ।
त्यस्तै साझा सञ्चार नेपालको आयोजनामा सात दिने उद्घोषण तथा पत्रकारीता तालीम पनि दिईएको थीयो । उक्त कार्यक्रमको आज समापन समेत गरीएको छ ।
कार्यक्रमको अन्तिम दिनमा सहभागीहरुको उच्च कदर,हौसला प्रदान गर्दै प्रमाणपत्र वितरण पनि गरिएको छ । त्यस्तै आजको दिनलाई नै अन्तिम दिनको रुपमा नलिइ यो आफ्नो जिबनकालको पहिलो सिकाइ हो भन्ने कुरालाई आत्मसाथ गर्दै सञ्चार क्षेत्रमा लाग्नको लागि आवश्यक सहयोग गर्न आफु सदैब तयार रहेको प्रमुख प्रशिक्षक एवम साझा सञ्चार नेपालका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा प्रशिक्षक शंकर किशोर अभयले विभिन्न जिल्लाका विभिन्न भुभागबाट सहभागिता रहेको यस साझा सञ्चार नेपाल संस्था संग जोडियर आगामी दिनहरुमा हातेमालो गर्दै अगाडि बढ्नको लागि सञ्चार सञ्जाल कर्णाली प्रदेश समिति गठन गरीएको बताउनु भएको छ ।


दर्शन खबर । २५ मंसिर २०७८, शनिबार