काठमाडौं, आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता पल शाह र नाजिर हुसेनको मित्रता प्रस्तुत गरिएको छ । दुवै अभिनेता अभिनेत्री वर्षा शिवाकोटीको मायामा परेका छन् ।
त्यस्तै बुद्धि तामाङलाई भने भिलेनको रुपमा प्रस्तुत गरिएको छ ।
मिलन चाम्सले चलचित्रलाई निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा देशभक्त खनाल, बिनिषा भण्डारी, विनोद सुवेदी खत्री, सौरभ शाह, मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा वनिष शाहको सम्पादन रहेको छ ।


दर्शन खबर । १२ बैशाख २०७६, बिहीबार