
सुर्खेत । नेकपा एमाले सिम्ता गाउँ कमीटीले पुणर्ता पाए संगैे सपथ ग्रहण सम्पन्न भएको छ । शुक्रबार डम्बर घर्तीको अध्यक्षतामा सम्र्वसम्मत रुपमा ६८ सदस्यीय गाउँ कमीटीको चयन गरिएको थियो । कमिटीको उपाध्यक्षमा राजेन्द्र सिं ठकुरी, सचिवमा मोहन कुमार चन्द, उपसचिवमा गगन सिं ठकुरी र तिला मल्ल लगाएत ६८ सदस्यीय गाउँकमिटी चयन गरिएका गाउँकमीटी उप सचिव गगन सिं ठकुरीले जानकारी दिए । नव निर्वाचित पदाधीकारीहको सपथ ग्रहण शनिवार गरिएको छ । सपथ ग्रहण संगै नेकपा एमाले सिम्ता गाउँ कमिटीको पहिलो बैठकबाट कार्यालय पनी जामुने बजारमा उद्घाटन गरिएको छ । गाउँ कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य ऐन बहादुर चन्द, टेकेन्द्र कुमार बस्नेत, पुणर् बहादुर शाही, जिल्ला कमिटी सचिवालय सदस्य कविन्द्र कुमार केसि, जिल्ला कमिटी सदस्य निर्मल सिंह, नेत्रलाल महतरा, कोकिला सिं ठकुरी, केबी दर्लामी, दिपा चन्द लगाएत नव निर्वाचित गाउँ कमिटीका पदाधीकारीहरुको उपस्थीती रहेको गाउँकमिटी उप सचिव गगन सिं ठकुरीले जानकारी दिए ।


दर्शन खबर । १८ मंसिर २०७८, शनिबार