काँग्रेसको १४ औं महाधिवेशन,कर्णालीमा त्रिपक्षिय भिडन्त 

सुर्खेत ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कर्णाली प्रदेश कार्यसमितिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वको लागि शुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता भएको हो ।

गिरिजाप्रसाद कोइराला स्मृति भवनमा देउवा पक्षबाट प्रदेश सभापतिमा ललितजंग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतिराज र शाही कालिकोटका हुन् । यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।


तपाईको प्रतिक्रिया