काँग्रेस अधिवेशन : सुर्खेतमा संस्थापन र दैलेखमा इतर समुह विजयी


सुर्खेत । नेपाली काङ्ग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तर्रगत सुर्खेत र दैलेख क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ ।
जसअन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ मा संस्थापन पक्ष देउवा पक्षले जित हात पारेको पार्दा दैलेख क्षेत्र नम्बर १ मा भने पौडेल पक्षले आफ्नो जित सुनिश्चित गरेको छ ।
जसअन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ को सभापतिमा सभापति शेरबहादुर देउवा निकट झकबहादुर डाँगी र सचिवमा मोहन राना विजयी भएका छन् ।
सभापति डाँगीले सात सय १९ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी वलबहादुर वलीले एक सय तीन मत प्राप्त गरेका छन् ।
जम्मा नौ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मङ्गलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो ।
क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदमबहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने सह-सचिवमा प्रेमसिंह ठकुरीले छ सय ८४ र यामलाल पङ्गालीले छ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
प्रत्यक्षतर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूणर्प्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् ।
खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, पूणर्बहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन् ।
साथै, काङ्ग्रेस महामन्त्री पूणर्बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । उनी सात सय ३६ मत प्राप्त गरी विजयी भएका छन् ।
काङ्ग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए ।
यस्तै, दैलेख क्षेत्र नं. १ को सभापति रामचन्द्र पौडेल समूहका दशरथ खड्काको प्यानल विजयी भएको छ ।
सभापतिमा निर्वाचित खड्काले चार सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले तीन सय १० मत प्राप्त गरेका छन् ।
क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ निर्वाचित भएका छन् भने सहसचिवमा कृष्णकुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा कणर्बहादुर शाही, टेकबहादुर भण्डारी, युवराज रेग्मी, मानकुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन् ।
साथै, क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मणिराम रेग्मी, गणेश खड्का, कृष्णकुमार विसी, टेकबहादुर कटुवाल, गणेश उपाध्याय, मीना थापा, उदय न्यौपाने, हरि राना, खगेन्द्र सुनार र कणर्बहादुर शाही विजयी भएका छन् । यीमध्ये मीना थापा संस्थापन पक्ष (देउवा निकट) मानिन्छिन् । अन्य सबै पौडेल समूहका हुन् ।
महाधिवेशन प्रतिनिधि महिलातर्फ वासना थापा, निर्मला खड्का, मीना खड्का र दीपा बिसी निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधि खस आर्यतर्फ पदमबहादुर मल्ल, भक्तबहादुर भण्डारी र भुपेन्द्र शाही विजयी भएका छन् भने खस आर्य महिलातर्फ कमला चन्द, डम्मरकुमारी केसी र मञ्जुकुमारी शर्मा पाण्डे निर्वाचित भएका छन् ।
यस्तै, जनजातितर्फ लक्ष्मण गुरुङ र करिस्मा सिन्जाली मगर, दलिततर्फ हिक्मतबहादुर विश्वकर्मा र पशुपति सुनार विजयी भएका छन् भने अपाङ्गतर्फ गणेशबहादुर बोगटी विजयी भएका छन् । क्षेत्र नम्बर २ को मत परिणाम पनि आजै आउने काङ्ग्रेस दैलेखले जनाएको छ ।

तपाईको प्रतिक्रिया