
सल्यान । सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाल– ८ मा रहेको तालमा डुबेर राजेश सुनारको मृत्यु भएको हो।
बनगाड कुपिण्डे नगरपालिका– ८ आगरनेटाका ८ वर्षीय राजेशको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
साथीहरूसँग तालमा शुक्रबार दिउँसो पौडी खेल्न जाँदा डुबेको र मृत अवस्थामा उनको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उनी पनि मेला हेर्न आएका थिए।
घटनाबारे अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताए।


दर्शन खबर । ४ मंसिर २०७८, शनिबार