
लेकवेशी । नेकपा एमाले लेकवेशी नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । मंगलवार भएको नगरकमिटीको प्रथम बैठकममा कार्तिक २१ गते लेकवेशी नगरपालिका वडा नम्वर १ को ढाबमा भएको ७ वर्षीय बालिका हत्याको विषयमा दोषीलाई कारवाहीको माग गर्दै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाउने, नगर कमिटीलाई पुर्णता दिने, टोलटोलमा टोल अधिवेशन संचालन गर्ने लगाएको निर्णय भएको नगर कमिटी सचिव शान्तीकुमारी छन्तेलले जानकारी दिनुभयो । नगरकमिटीका अध्यक्ष देब बहादुर रानाको अध्यक्षतामा भएको बैठकमा, एमाले लेकवेशीका उपाध्यक्ष, सिताराम पाैडेल, सचिव शान्ती कुमारी छन्तेल, उपसचिव चक्र बहादुर शाही र बल बहादुर पाेख्रेल, एमाले कर्णाली प्रदेश कमिटीका सदस्य गगन सिं सुनार र खड्ग बहादुर घर्ती, जिल्ला कमिटी सदस्यहरु टिकाराम सोमै र डण्डपाणी आचार्य लगाएत नगर कमिटीका सदस्यहरुको सहभाथिता रहेको थियो ।


दर्शन खबर । २४ कार्तिक २०७८, बुधबार