
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५ सय ३३ जना कोरोना भाइरस संक्रमित भेटिएका छनु।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ७ सय ३६ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ५ सय ३३ जना संक्रमित भएको पुष्टि भएको हो।
आज १ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै आज ४ सय ८४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७ हजार ६ सय १२ सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।


दर्शन खबर । २३ कार्तिक २०७८, मंगलवार