सिम्ता गाउँपालिका विधि र विधान अनुसार चलेको छ – अध्यक्ष केसी

सुर्खेत । सिम्ता गाउँपालिका संघिय तथा प्रदेश सरकारका निति नियम अनुसार संचालन भएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले बताएका छन् ।
सोमवार गाउँपालिकाको आयोजना तथा असलशासन क्लव जिल्ला समन्वय समिति सुर्खेतको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताए हुन । सिम्ता गाउँपालिकाको तिन वटा लक्ष्यहरु सिम्ता उज्यालो कार्यक्रम, सिम्ता पहुच मार्ग र जनतासंग सिम्ता गाउँपालिका कार्यक्रमलाई पाँच वर्ष भित्र सम्पन्न गर्ने गरि गाउँपालिकाले काम गरिरहेको उनले बताए ।
यस्तै सुशासन अन्तरगत पनि सामाजिक जवाफदेहिताका औजारहरुलाई ऐन नियम अनुसार प्रयोग गरिएको उनले बताए ।
अहिले सम्म ५५ वटा विवाद समाधान गरेको न्यायीक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहिले बताईन् । चैत मसान्त सम्म ६६ वटा विवाद न्यायीक समितिमा आई पुगेकोमा ११ वटा विवाद समाधान गर्न बाँकी रहेको उनले बताईन ।
गत वर्षअनुसार चालु आर्थिक वर्षको प्रगतिमा सुधार भएको सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमाले बताए । विकास बजेट अन्तरगत ६७ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिए ।
सिम्ता गाउँपालिकामा भईरहेका विकास निर्माणका कामहरुलाई प्रभावकारी र पार्दशि हुनु पर्ने भन्दै सामाजिक कामहरुमा पनि गाउँपालिकाले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया