सल्यान बस दुर्घटना : १२ जनाकै सनाखत

सल्यान । सल्यानमा भएको बस दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ।
आइतबार सल्यान खलंगाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ खारखोलामा दुर्घटना भएको थियो।
सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका-६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका-१० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाँउपालिका-४ की ९ वर्षीया सरिता बोहरा रहेका छन्।
यस्तै सल्यान शारदा नगरपालिका-१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका-२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका-३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका-१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका-४ की ६० वर्षीया डुलि रेउले छन्।
यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका-६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी-६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए।
तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाइ छ।
बसचालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रमुख थापाको भनाइ छ।


तपाईको प्रतिक्रिया