
सुर्खेत । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो। उनी मुगु प्रदेशसभा (क)बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन्। समाजवादीले प्रदेश सरकारमा तीन वटा मन्त्रालय दाबी गरेको छ ।
योसँगै अब शाहीले नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्कापक्की भएको छ । एसका पोलिटव्यूरो सदस्य उनी कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।


दर्शन खबर । १७ कार्तिक २०७८, बुधबार