काठमाडौं –विक्रम सम्वत्को नेपाली पात्रो आजबाट फेरिएको छ । बिहानको सूर्योदयसँगै हामीले नयाँ वर्ष २०७६ लाई स्वागत गरिसकेका छौं ।
यही सन्दर्भमा हामीले केही कलाकारलाई २०७५ साल कस्तो रह्यो र नयाँ वर्षका योजना के छन् भन्ने विषयमा प्रश्न गरेका छौं ।
रंगशाला निर्माणमा खटिनेछु स् सीताराम कट्टेल, कलाकाररसामाजिक अभियन्ता
पछिल्लो केही वर्षयता नयाँ वर्ष, चाडबाड भन्दा पनि सामाजिक काममा बढी व्यस्तता छ । २०७५ सालमा पनि सामाजिक काममा सक्रिय रहेँ । आजबाट नयाँ वर्ष शुरू भएको छ ।
मेरो नयाँ वर्षमा त्यस्तो केही योजना छैन । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम शुरू भएको छ ।
आज पनि म रंगशालाकै काममा व्यस्त छु । देशरविदेशमा रहेका नेपालीबाट स्वैच्छिक सहयोग जुटिरहेको छ । वर्षभरि नै मेरो व्यस्तता रंगशाला निर्माणमै हुनेछ ।
चलचित्रमा समय दिन्छु स् करिश्मा मानन्धर, अभिनेत्री
नयाँ वर्षको पहिलो दिन बिहानै मन्दिर गएर भगवनाको दर्शन गरे । नयाँ वर्षको पहिलो दिन घरमै बसेर परिवारका साथ मनाइरहेकी छु ।
२०७५ साललाई फर्केर हेर्दा मेरा लागि उपलब्धिमूलक नै रह्यो भन्छु, किनभने केही वर्षदेखि स्कूल जीवनमा थिएँ । एसईईको तयारीमा रहँदा पढाइमा व्यस्त भएँ । स्कूलमै बढी समय बित्यो ।
चलचित्र, कार्यक्रमहरूमा समय दिन भ्याएकी थिइनँ । त्यो प्रक्रियाबाट अहिले बाहिर निस्किएकी छु । फ्री भएकी छु । अब अफर आउँदा चलचित्रमा काम गर्न सक्छु । कार्यक्रमहरूमा सहभागी हुन सक्छु ।
यस वर्षका लागि त्यस्तो विशेष योजना त धेरै बनाएकी छु । तर पहिला रिजल्टको प्रतिक्षामा छु ।
नयाँ चलचित्र ल्याउनेछु स् नारायण रायमाझी, गायक तथा निर्देशक
नयाँ वर्षको अवसरमा अहिले कार्यक्रमको सिलसिलामा बुटवलमा छु ।
वर्ष २०७५ लाई फर्केर हेर्दा मेरा लागि राम्रै रह्यो । गीतसंगीतका सिर्जना, स्टेज कार्यक्रमहरूमा देश विदेशमा व्यस्त रहेँ ।
२०७६ मा पनि गीत संगीतमा थप राम्रो गर्दै जाने योजनामा छु । त्यसबाहेक यसवर्ष दर्शकहरूलाई नयाँ चलचित्र उपहार दिनेछु ।
हुन त २०७५ सालदेखि नै चलचित्रको काममा लागिपरेको छु । अहिले कथा, गीत संगीतको काम भइरहेको चलचित्रलाई यस वर्ष दर्शकसामु ल्याउनेछु ।
मैले गरेका काम राम्रो होस् स् आँचल शर्मा, नायिका
अहिले म नेपालगञ्ज छु । मेरो नयाँ चलचित्र ‘दाल भात तरकारी’को प्रमोसन यात्रा चलिरहेको छ । फ्यानहरूसँग भेट्ने, प्रस्तुती दिने गरेर नयाँ वर्षको पहिलो दिन मनाउँदैछु । विगतको वर्षलाई फर्केर हेर्दा मेरो लागि सुःखद् नै रह्यो ।
नयाँ वर्ष २०७६ पनि सुःखद् होस् कामना गर्छु । नयाँ वर्षको संकल्प त त्यस्तो केही छैन ।
मेरो पहिलो प्राथमिकता काम हो । यसवर्ष मैले गरेका काम राम्रो होस् । म सक्दो राम्रो गर्ने कोशिश गर्नेछु । राम्रो काम गरेपछि खुसी त्यहीँबाट मिल्छ ।
कामलाई नै पहिलो प्राथमिकतामा राख्नेछु स् वर्षा शिवाकोटी, नायिका
नयाँ वर्ष साथीभाइ परिवारसँग सामान्य रूपमा मनाउनेछु । अहिले मेरो आउँदै गरेको चलचित्र ‘वीर विक्रम २’ को प्रमोसनका क्रममा साँखुमा छु ।
२०७५ साल मेरा लागि फलदायी नै रह्यो । बितेका वर्षमा गरेका गल्ती, कमजोरीलाई सच्याउँदै २०७६ साललाई थप फलदायी बनाउने काम गर्नेछु ।
कामलाई कसरी राम्रो बनाउने भन्ने सोच्नेछु ।
यसवर्ष घर बनाउने योजना बुनेको छु स् खुमन अधिकारी, गायक
नयाँ वर्षको पहिलो दिन आज कार्यक्रमको सिलसिलामा नुवाकोट आइपुगेको छु । समग्रमा २०७५ साल मेरा लागि एकदमै राम्रो रह्यो । वर्षभरि नै व्यस्त भइरहेँ ।
धेरै राष्ट्रिय म्युजिक अवार्ड पनि जित्न सफल भएँ । कार्यक्रमको सिलसिलामा नपुगेका देशहरूमा पुगेँ । राम्रा–राम्रा गीत ल्याउने अवसर पाएँ । दर्शक, श्रोताहरूको माया पाएँ ।
२०७६ सालमा पनि गीत संगीतको क्षेत्रमा अझ राम्रो काम गर्न सकूँ । यसवर्ष केही नयाँ काम गर्ने उद्देश्य लिएको छु ।
राम्रो गीत ल्याएर गीतलाई करोड क्लब ९युट्युबमा करोड भ्यूज० मा पुर्याउने लक्ष्य छ । २०७६ सालभित्र घर बनाउने योजना पनि बुनेको छु ।


दर्शन खबर । १२ बैशाख २०७६, बिहीबार