दुई सातामै सुर्खेतमा गुण एयरको नियमित उडान

सुर्खेत । नीजि वायु सेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान अबको दुई सातामा गर्ने भएको छ । नियमित उडान पूर्व परीक्षण उडान अनिवार्य भएकोले आगामी सातामा परीक्षण उडान गर्न लागेको कम्पनीले जनाएको हो ।

गण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाकाअनुसार अबको केही दिन (सोमबार र मंगलबारसम्म) मा सुर्खेतमा परीक्षण उडानको तयारी भइरहेको छ । ‘सुर्खेतलाई हव बनाउने हाम्रो कम्पनीको योजना हो,’ थापाले भने, ‘परीक्षण उडान भएको एक साताभित्र काठमाडौं–सुर्खेत, सुर्खेत–काठमाडौं उडान भर्ने योजना छ ।’

विगतमा श्री एयरलाइन्सले परीक्षण उडान गरेपनि नियमित उडान गरेन्, गुणले पनि त्यस्तै गर्ने त हैन् भन्ने प्रश्नमा प्रवक्ता थापाले भने, ‘सुर्खेत हाम्रो मुख्य गतव्य बनाउने लक्ष्यअनुसार नै कर्णालीका नागरिकलाई प्रभावकारी सेवा दिन हामी आउँदैछौं । ढुक्क हुनुहोस् हाम्रो ३० सिट क्षमताको जहाजले नियमित उडान शुरु गर्छ ।’ यो एयरलाइन्ससँग हाल पाँच ओटा जेट इन्जिन र दुई ओटा ट्वीअटर जहाज छन् । भाडादरको विषयमा भने परीक्षण उडानपछि नै तय गरिने थापाको भनाई छ ।

वुद्धले हाल सुर्खेत काठमाडाैं उडान भाडा प्रति यात्रु दैनिक ८ हजार १२५, नाै हजार १२५ र ११ हजार कायम गरेकाे छ । सुर्खेत–काठमाडौं उडान भर्ने जहाजको सीट क्षमता ३० रहेकोले गुण एयरलाइन्सले दैनिक उडान भर्नेमा यहाँका पर्यटन व्यवसायी ढुक्क छन् ।नेपाली रैबार । 


तपाईको प्रतिक्रिया