
सिम्ता । प्रधानाध्यापक नै एमालेका वडा अध्यक्ष भएपछी आलोचना बढेको छ । कार्तिक ९ गते भएको वडा अधिवेशनमा केही सरकारी शिक्षक र स्वास्थ्यकर्मीले वडा कमिटीको नेतृत्व लिएपछी आलोचना बढको हो । एमाले सिम्ता गाउँपालिका वडा नम्वर १ को नेतृत्व शुभकालिका प्रावी गान्द्राका प्रधानाध्यापक शुुभलाल शर्मा, वडा नम्वर ४ को अध्यक्षमा श्री लक्ष्मी प्राथामिक विद्यालयका प्रधानाध्यापक शंकर खड्का र सोही वडाको सचिबमा बागेश्वरी प्रावी शिमलगाउँका विर्ख महादुर महतरा, वडा नम्वर ६ को वडा सचिबमा जनजागृत प्रावीका शिक्षक लोकेन्द्र पुन, वडा नम्वर ७ को जनज्योती प्रवीका शिक्षक नबिन केसि, वडा नम्वर ८ जनकल्याण मावीका शिक्षक हस्त बहादुर चन्द र वडा नम्वर २ को दुर्पाला स्व्स्थ्य क्लिनिकका कर्मचारी महेन्द्र कुमार चन्दले वडा कमिटीको नेतृत्व लिएका छन् ।
शिक्षा ऐन अनुसार प्रधानाध्यापक तथा कुनै पनि पार्टीको जिम्मेवारीमा बस्न पाउने अधिकार छैन । शिक्षा ऐेनको दफा १६ ङ ९५ ०मा भएको ब्यबस्था अनुसार उनिहरुलाइ कानुनी कारवाहि गर्न माग गरिएको छ ।

यता सिम्ताली युवाहरुले राजनीति वा शिक्षण पेसामध्य एक पद रोज्न दवाव दिएका छन् । सामाजिक संचाल मार्फत युवाहरुले चर्को आलोचना गरिरहेका छन् ।

शिक्षक तथा स्वास्थ्यकर्मीको नाम आको छ भन्ने कुरा आको छ, आधिकारीक रुपमा जिल्ला किमटीमा नाम आई सकेको छैन् नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्व कुमार शाहील शाहिले भने,” अहिले हामी संग उहाँहरुको नाम आईसकेको छैन, अब १५ गते पछाडी आउला यदी त्यस्तो आयो भने छलपल गरि निकास दिन्छौँ,”


दर्शन खबर । ११ कार्तिक २०७८, बिहीबार