नेकपा एमाले सिम्ता गाउँ कमिटीको बैठक सम्पन्न

  फाईल फाेटाे

सिम्ता । नेकपा एमाले सिम्ता गाउँ कमिटिको बैठक सम्पन्न भएको छ ।
गाउँ कमिटिका अध्यक्ष कविन्द्र कुमार केसिको अध्यक्षमा बैठक सम्पन्न भएको हो । बैठकले यहि कार्तिक ९ गते र १५ गते हुन गईरहेको वडा तथा पालिका अधिवशनलाई सफल पार्नका लागी विभिन्न निणर्यहरु गरेको गाउँ कमिटीका सचिव प्रकाश शर्माले दर्शनखबरलाई जानकारी दिए । बैठकले सिम्ता गाउँपालिकाका वडा तहका अधिवेशनहरु सम्पन्न गर्न सहजिकरणका लागी पार्टिका विभिन्न पदाधिकारीहरुलाई जिम्मा दिईएको छ । जस अन्तरगत वडा नम्वर १ मा शिवलाल शर्मा, वडा नम्वर २ मा निर्मल सिंह र मान कुमारी चन्द, वडा नम्वर ३ मा जित बहादुर सिंह, वडा नम्वर ४ मा नेत्रलाल महतरा, वडा नम्वर ५ मा एन बहादुर चन्द, वडा नम्वर ६ मा कोकिला सिंह ठकुरी, वडा नम्वर ७ माम कविन्द्र कुमार केसि, वडा नम्वर ८ मा, टेकेन्द्र कुमा बस्नेत र दिपा चन्द र वडा नम्वर ९ मा कणर् बहादुर दर्लामीलाई सहजीकरणका लागी जिम्मेवारी प्रदान गर्ने निणर्य बैठकले गरेको गाउँ किमिटिका सचिब प्रकाश शर्माले जानकारी दिए । यस्तै वडा तथा पालिका अधिवेशनलाई सर्वसहमत रुपमा सम्पन्न गर्नका लागी सबै वडामा सबै संगठित सदस्य र पालिकामा रहेका दलित र महिलाहरुका लागी ४ बराबर १ र अन्यमा ८ बराबर १ हुने गरी प्रतिनिधीहरु छनौट गर्ने निणर्य बैठकले गरेको छ ।

अधिवेशनलाई सम्पन्न गर्नकका लागी राजनितिक प्रतिवेदनमा कविन्द्र कुमार केसि, प्रकाश शर्मा र लोक बहादुर खत्री, आर्थिक उपसमितिमा चन्द्रकला शाही, दिल बहादुर अधिकारी र मोहन चन्द र प्रचार प्रसार उप समितीमा प्रकाश शर्मा र ९ वटै वडाका वडा अध्यक्षहरु रहेका छन् । वडा अधिवेशनहरु सम्पन्न गर्नका लागी वडा नम्वर १ को आले, वडा नम्वर २ को काफलकोट, वडा नम्वर ३ को झ्याम, वडा नम्वर ४ को बजेडीचौर, वडा नम्वर ५ को लिपेचौर, वडा नम्वर ६ को राकम, वडा नम्वर ७ को काप्रिचौर, वडा नम्वर ८ को डाँडाखाली र वडा नम्वर ९ को दुनीमा एकै साथ कार्तिक ९ गते वडा अधिवेशन सम्पन्न गर्ने निणर्य भएको गाउँ कमिटीका सचिव प्रकाश शर्माले  जानकारी दिए ।

तपाईको प्रतिक्रिया