
बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाँउपालिका–४ भेलादका अन्दाजी १९ वर्षीया सिमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।
बोहराले शनिबार बिहान रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रबार पनि जयपृथ्वी नगरपालिका–१० का नविन सुनारले सेती नदीमा हाम फालेका थिए ।


दर्शन खबर । ६ कार्तिक २०७८, शनिबार